धनकुटामा पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर २ जनाको मृत्यु – Nepal Press

धनकुटामा पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर २ जनाको मृत्यु

विराटनगर । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई किशोरको मृत्यु भएको छ।

धनकुटा नगरपालिका- १० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई किशोरको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार धनकुटा नगरपालिका- १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा- ९ का १६ वर्षीय दीपेश ओझाको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *