रूपन्देहीमा पहिलो पटक राइड शेयरिङ एप ‘ई ड्राइभ’ संचालनमा – Nepal Press

रूपन्देहीमा पहिलो पटक राइड शेयरिङ एप ‘ई ड्राइभ’ संचालनमा

रूपन्देही । रूपन्देहीको बुटवल-भैरहवामा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका हुन् ।

इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा संचालन गरेकोमा सेवा विस्तार गरी भैरहवा–बुटवल लगायत वरिपरीका क्षेत्रमा सेवा संचालन सुरु गरिएको हो ।

बुधबारदेखि संचालनमा ल्याइएको उक्त सेवाले सवारीसाधन बिहीन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने विश्वास गरिएको छ । पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी संचालनमा ल्याइएको हो ।

निकट भबिष्यमैं बिद्युतीय टेम्पो र एम्बुलेन्स पनि संचालन गर्ने योजना रहेको प्रालिले जनाएको छ । इ–ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको र सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था मिलाइएको इ–ड्राइभ नेपाल प्रालि लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुप्ताले जानकारी दिए ।

स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिने, इलेक्ट्रिक सेवाको उच्चतम प्रयोग गर्दै इन्धनका लागि बिदेशिने ठूलो धनराशी जोगाउनु र बातावरणको संरक्षण गर्नु पनि इ–ड्राइभ नेपाल उद्देश्य रहेको उनले जनाए । कम्पनीले पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय सवारी संचालनमा ल्याएको छ ।

यस्तै, एक हजारभन्दा बढी मोटरसाइकल र स्कुटर तथा सयौं साना सवारी चालक युवाहरु आबद्ध भएका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले यसको उद्घा टन गरै प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता भएको र स्वदेशमै केही गरौं भन्नेहरुलाई थुप्रै अवसर रहेकाले त्यस्ता युवा तथा उद्यमीलाई प्रदेश सरकारले सधै सहयोग गर्दै जाने जनाए ।

यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ । इ–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ । १० जना युवाहरुको पहलमा पहिलोपटक लुम्बिनी उक्त सेवा सुरु गरिएको हो ।

यसले सयौं युवालाई स्वरोजगार बन्न टेवा पुर्याउने कम्पनीले जनाएको छ । यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने भएकाले इ–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने कम्पनीको दावी छ ।

 


प्रतिक्रिया

One thought on “रूपन्देहीमा पहिलो पटक राइड शेयरिङ एप ‘ई ड्राइभ’ संचालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर