सुनसरीका दलहरुको संयुक्त अपिल- हिंसारहित उपाय अवलम्बन गरी दोषीलाई कारबाही गर्न जुटौं – Nepal Press

सुनसरीका दलहरुको संयुक्त अपिल- हिंसारहित उपाय अवलम्बन गरी दोषीलाई कारबाही गर्न जुटौं

विराटनगर । सुनसरीको हरिनगर र देवागञ्जमा दुई समुदायका बीचमा उत्पन्न विवाद समाधान गरी समस्या समाधान गर्न सुनसरीका जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुक्त अपिल जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय बैठकपछि यहाँ पालिका प्रमुख, प्रदेशसभा सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले अपिल जारी गरेका हुन् ।

हिजोबाट सुनसरीको ५ वटा पालिकामा कर्फ्यु जारी रहेको बेला समस्या समाधानमा सबै लाग्न आग्रह गरिएको छ । अपिलमा केही अराजक तत्त्वले सामाजिक सद्भाव बिथोल्न खोजेकोप्रति खेद व्यक्त गरिएको छ ।

सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाव कायम राख्ने महान कार्यमा जुट्न आग्रह गरिएको अपिलमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरिनेसमेत प्रतिबद्धता जनाइएको छ ।

अपिलमा भनिएको छ, ‘आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हामी सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरू हार्दिक अपिल गर्दछौं । घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएकोले यस प्रकारका गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर