वर्तमानको जगमा समाजवाद निर्माणको कार्यभार – Nepal Press

वर्तमानको जगमा समाजवाद निर्माणको कार्यभार

नेपाली कांग्रेस जस्तो घोर दक्षिणपन्थी, अराजकतावादी र साम्राज्यवादीहरुको हर क्षेत्रमा नाङ्गो दलाली गर्ने राष्ट्रघाती तत्वलाई पाखा लगाएर वामपन्थी देशभक्त, लोकतन्त्रवादी शक्तिहरुको गठबन्धन सत्तामा आएको छ । सुन तस्कर, भूमाफिया र अन्य अपराधी भ्रष्ट नोकरशाहीतन्त्रमाथि शुरु भएको जबरजस्त गतिविधिले वर्तमान गठबन्धन २०८४ सम्म कायम रहनुपर्छ भन्ने आमनेपालीको चाहना बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब आफ्ना पिपलपाते सल्लाहकारहरुको दबाबमा पर्नुभएन । वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनले समाजवादउन्मुख संविधानलाई पूर्ण समाजवादी दिशामा अग्रसर गराउनुपर्छ ।

नेकपा एमाले र माओवादी केन्द्रको सहकार्यलाई जनताको चाहनाअनुसार वाम शक्तिहरुबीच पार्टी एकीकरणसम्म लगेर नेपाललाई जनवादी गणतन्त्र बनाउनुपर्छ । वर्तमान उदारवादका नाममा राष्ट्रिय अर्थतन्त्रलाई धराशायी पार्ने दलाल र नोकरशाही विकृत पूँजीवादी ढाँचालाई बदलेर समाजवादी आर्थिक ढाँचा स्थापित गर्ने प्रत्येक स्वाभीमानी नेपालीको चाहना पूरा गर्नु आजका समाजवादी लोकतन्त्रवादी राजनीतिक शक्तिहरुको एकमात्र कार्यभार हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब आफ्ना पिपलपाते सल्लाहकारहरुको दबाबमा पर्नुभएन । वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनले समाजवादउन्मुख संविधानलाई पूर्ण समाजवादी दिशामा अग्रसर गराउनुपर्छ ।

जब देशमा वामपन्थीहरु बलिया हुन्छन् तब जनता चाहन्छन् आर्थिक रुपमा आमूल परिवर्तन राष्ट्रिय पूँजीपति र राज्य नियन्त्रित अर्थतन्त्रलाई सबल बनाओस् । भन्ने बेलामा समाजवादी हौं भन्ने, चार तारे झण्डामा एक तारा समाजवाद हो भन्ने नेपाली कांग्रेस दलाल र विघटनकारी तत्वमा रुपान्तरित भएको छ । उसले नेपाली जनताको चाहनाविपरीत राष्ट्रिय महत्वका उद्योगधन्दाहरु रातारात अन्तर्राष्ट्रिय तस्करहरुसँग मिलेर निजी क्षेत्रलाई विकास गर्ने भनी दिएर सबै तहसनहस पारँ । जस्तैः छिमेकी चीनले उपहारस्वरुप दिएको नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानालाई लिन सकिन्छ । जापान र कोरिया जस्ता देशले नोट छाप्न प्रयोग गर्ने कागज उत्पादन गर्ने उक्त कारखानाले देशलाई विदेशी मुद्रामात्र दिएको थिएन, नेपाललाई निर्यातकर्ता राष्ट्रको रुपमा गौरव पनि प्रदान गरेको थियो ।

त्यस्तै सोभियत संघले उपहार दिएको वीरगञ्ज कृषि औजार कारखाना कृषि प्रधान देशको आवश्यकता थियो । त्यो कारखाना नाफामा चलाइदिने चुनौतीका साथ पूर्व व्यवस्थापकहरु चिच्याउँदा चिच्याउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री भएका बेला जबरजस्ती धराशायी गरियो । अहिले फेरि त्यो कारखाना एनजीओवालाहरुको हातमा सुम्पिएर चलाउनै नसक्ने कवाडमा बदल्ने षड्यन्त्र भइरहेको छ । सरकारी उद्योगको जग्गा लुट्ने विनोद चौधरी र अरुण चौधरीलाई कारबाही गरेरमात्रै पुग्दैन । कांग्रेसले बेचेका वर्षाैंदेखि राष्ट्रले निर्माण गरेका सम्पूर्ण उद्योगधन्दा एवं कलकारखाना जे जति जायजेथा र सम्पत्ति हिनामिना गरिएको छ, त्यसको छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गर्न आवश्यक छ । बाँसबारी जग्गा जस्तै सम्पूर्ण जमिन फिर्ता र गैरकानूनी कब्जा गर्ने भूमाफिया र अहिलेका भ्रष्ट नेताहरुलाई कानूनी कारबाहीको दायरामा नल्याउने हो भने समाजवादको कुरामा कुनै दम हुनेछैन ।

कांग्रेसले बेचेका वर्षाैंदेखि राष्ट्रले निर्माण गरेका सम्पूर्ण उद्योगधन्दा एवं कलकारखाना जे जति जायजेथा र सम्पत्ति हिनामिना गरिएको छ, त्यसको छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गर्न आवश्यक छ ।

प्रतिअमेरिकी डलर १३ रुपैयाँ रहेको नेपाली मुद्रालाई अवमूल्यन गरेर एकै चोटि ४२ रुपैयाँ पु¥याएर भित्रभित्रै रातारात खर्बौं रुपैयाँ आर्जन गर्ने तत्कालीन प्रधानमन्त्रीहरु र उनीहरुका मतियार व्यापारीहरुलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउन नयाँ सत्ता समीकरण लाग्नुपर्छ । यी काम गर्न नसकेकैले नेत्रविक्रम चन्दको संयोजकत्वमा रहेको वर्तमान समाजवादी मोर्चा असान्दर्भिक भइसकेको छ । यस्ता समाजवादी मोर्चाको कुनै तुक छैन ।

नयाँ सत्ता गठबन्धनले अपराधीहरुसँग हातेमालो गरेर होइन, सबै प्रकारका भ्रष्ट, अपराधी, राष्ट्रघाती तत्वहरुलाई निर्ममतापूर्वक दण्डित गर्न तदारुक हुनसक्यो भने यही सरकार र व्यवस्थालाई जनताले विश्वास गर्नेछन् । अन्यथा कुनै कुनाबाट आगोको झिल्का पस्दा सुकेका पातपतिङ्गर भेटिए सिंगो जंगल खरानी हुन निमेषभर पनि लाग्नेछैन । सबैमा चेतना नभए पनि जिम्मेवार नेतृत्वले यसतर्फ ध्यान दिन आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर