नाउपाका २ र स्वतन्त्र सांसदले विश्वासको मत नदिने, काठमाडौंमा रञ्जिताले गरिन् छलफल – Nepal Press
सुदूरपश्चिम प्रदेश

नाउपाका २ र स्वतन्त्र सांसदले विश्वासको मत नदिने, काठमाडौंमा रञ्जिताले गरिन् छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले विश्वासको मत नदिने भएका छन् । काठमाडौंमा भएको छलफलमा नाउपाका २ र स्वतन्त्र एक सांसदले विश्वासको मत नदिने भएका हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीबीच छलफलले विश्वास मत नदिने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । नाउपाकै टीका थापा पनि विश्वासको मतको विपक्षमा उभिने भएको स्रोतको भनाइ छ ।

नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने अडान लिएका हुन् । कांग्रेसका मुख्यमन्त्री शाहले नाउपा, स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीका सबैको मत पाउँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमरमा परेको छ । विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिइसकेका छन् ।

आज ३ बजे विश्वासको मतका लागि बैठक आह्वान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर