विश्वासको मत नपाउने अवस्थामा राजीनामा दिन मुख्यमन्त्रीलाई कांग्रेस सांसदको सुझाव – Nepal Press
सुदूरपश्चिम प्रदेश

विश्वासको मत नपाउने अवस्थामा राजीनामा दिन मुख्यमन्त्रीलाई कांग्रेस सांसदको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका सांसदहरूले मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत पाउने अवस्थामा मात्रै विश्वासको मत लिन सुझाव दिएका छन् । आज बिहान बसेको संसदीय दलको बैठकमा सरकारले विश्वासको मत पाउन सक्ने वा नसक्नेबारे जानकारी राखेका थिए । मुख्यमन्त्रीले बहुमतको प्रयास जारी रहेको समेत बताएका थिए ।

सांसदहरूले मत परीक्षण गर्ने या राजीनामा दिने अधिकार पनि मुख्यमन्त्रीलाई दिएका छन् । आज ३ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । अहिलेसम्म पनि नाउपाको विवाद नमिल्दा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम रहेको कांग्रेस नेताहरू सुनाउँछन् ।

‘विश्वासको मत फेस गर्ने या राजीनामा गर्ने भन्ने निर्णय लिने अधिकार स्वयं मुख्यमन्त्रीलाई नै दिने निर्णय भएको छ,’ कांग्रेसको ‘परिस्थिति हेरेर उहाँ आफैंले निर्णय गर्नु हुनेछ ।’

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जना कांग्रेस सांसदको मृत्युपछि हाल ५२ जना छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मतका लागि २७ मतको आवश्यकता छ । मुख्यमन्त्रीले २७ मत नपाउने अवस्था हुँदा राजीनामा दिने सम्भावना रहेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर