कालीबहादुरलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने – Nepal Press

कालीबहादुरलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने

चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए ।

खाम हिजो काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो ।

आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने भएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।


प्रतिक्रिया

One thought on “कालीबहादुरलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने

  1. जेल सडाएर पाताकस्नुपर्छ ।
    म पनि एक पुर्व लडाकु हो ; आफ्नो पेसामा मेहेनत गरिरहेको छु ; आजसम्म कतै अनियमितताको दाग लाग्न देको छैन ।एस्तै हरामहरुले गर्दा आजकल म पनि एक समयको लडाकु हो भनेर चिनाउन लाज लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर