भारतीय मालवाहक गाडीले नेपालका सडक बिगारे, ट्रक व्यवसायी बेरोजगार भएः रघुजी पन्त – Nepal Press

भारतीय मालवाहक गाडीले नेपालका सडक बिगारे, ट्रक व्यवसायी बेरोजगार भएः रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा वार्षिक करिब १० लाख गाडी भित्रिने गरेकोमा ३ लाख ७० हजार गाडी मालबाहकमात्रै आउने गरेको उनले बताए ।

‘हामी यात्रा गर्नेक्रममा गहिरो खाल्डाखुल्डी भएको देखिन्छ । हरेक सडक, पुलहरूमा कति टन क्षमता भनेर लेखिएको हुन्छ । हाम्रो सडकको क्षमताभन्दा बढी भार बोक्ने गह्रुँगा-गह्रुँगा गाडी आएको हुनाले अर्बौं खर्चेर वर्षैपिच्छे सडक मर्मत गर्नुपर्छ ‘, उनले भने ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योग नै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रूपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश जनाए । छिट्टै भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाधरूपमा प्रवेश गर्न दिन नहुने उनको भनाइ छ ।

नेपालको ट्रक भारतमा निर्वाध रूपमा सञ्चाचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसाबले राष्ट्रको हितमा नभएको पन्तको जिकिर छ ।

पन्तले भने, ‘यो आज मात्र आएको समस्या होइन । यस अघि पटकपटक बनेका सरकारले ध्यान दिएन । तर अव यो समस्या एकदम जटिल भइसक्यो । यसले राष्ट्रिय उद्योगमा नै समस्या खडा गर्ने अवस्था आइसक्यो । त्यसकारण अविलम्व नेपाल सरकारले यो विषयमा ध्यान दिएर सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरुसँग वार्ता गर्नुपर्छ भनेर गरेर भारत भित्र भारतीय ट्रकले र नेपालमा आएपछि नेपाली ट्रकले त्यो समान ओसार्ने व्यवस्था गर्नुपर्छ । नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर