एमाले भोजपुरको अधिवेशन मिति सर्‍यो – Nepal Press

एमाले भोजपुरको अधिवेशन मिति सर्‍यो

भोजपुर । नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । यसअघि २०८१ वैशाख ३-४ लाई तय भएको अधिवेशनको नयाँ मिति वैशाखकै २० र २१ गते तोकिएको अध्यक्ष शरणकुमार राईले बताए ।

वैशाख १५ गते हुने उपचुनावका लागि नेता-कार्यकर्ता इलाममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी केन्द्रको निर्देशनअनुसार अधिवेशन सारिएको राईले जानकारी दिए । शनिबार बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट वैशाख १३ गते प्रतिनिधि छनोट गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर