धनुषामा सेफ्टी ट्यांकमा निसासिएर मजदुरको मृत्यु – Nepal Press

धनुषामा सेफ्टी ट्यांकमा निसासिएर मजदुरको मृत्यु

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ ।

सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए । उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए ।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर