आफैंले काटेको रुखले च्यापिएर बालकको मृत्यु – Nepal Press

आफैंले काटेको रुखले च्यापिएर बालकको मृत्यु

डोटी । दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ ।

डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका थिए ।

डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर