दोस्रो पटक बागमती सरकारमा सहभागी हुँदै एमाले, एक वर्षपछि मुख्यमन्त्री पाउने ! – Nepal Press

दोस्रो पटक बागमती सरकारमा सहभागी हुँदै एमाले, एक वर्षपछि मुख्यमन्त्री पाउने !

हेटौंडा । बागमती प्रदेशको सत्ता गठबन्धनमा एक वर्षपछि मुख्यमन्त्री पाउनेगरी नेकपा एमाले माओवादी नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

आलोपालो नेतृत्वको सहमतिपछि एमालेको तर्फबाट संसदीय दलका नेता जगन्नाथ थपलियाले आज आर्थिक मामिला तथा विकासमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् ।

२०७९ पुस २६ गते गठन भएको बागमती प्रदेश सरकारमा माओवादी नेतृत्वमा सहभागी भएको एमालेले केन्द्रमा गठबन्धनको समीकरण परिवर्तन भएसँगै सरकार छाडेको थियो ।

बागमतीमा आगामी एक वर्षपछि सत्ताको नेतृत्व गर्ने सहमतिपश्चात एमाले सरकारमा जान लागेको एमाले स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री जम्कट्टेलले एक वर्षपछि सरकारको नेतृत्व छाडेर एमालेलाई सहयोग गर्ने सहमति गरेका छन् । जम्कट्टेलले आफूले विश्वासको मत प्राप्त गर्नुअघि नै एमालेलाई सरकारमा आउन आग्रह गरेका थिए ।

बागमतीको नेतृत्वमा समाजवादीले पनि दाबी गरिरहेको अवस्थामा तीन दलबीच सहमति भने भइनसकेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर