एमाले उदयपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी – Nepal Press

एमाले उदयपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

विराटनगर । नेकपा एमाले उदयपुरको अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका छन् । हिजोबाट सुरु भएको नवौँ अधिवेशनमा अध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत हिमाल खड्काले बताए ।

नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि सर्वसम्मत नेतृत्व चयनमा समस्या भएपछि निर्वाचन प्रक्रियामा गएको हो।

अध्यक्षका लागि परमेश्वर घिमिरे, विमल कार्की,भागवत राउत, गोपाल बहादुर खत्री, र खड्गबहादुर परियारले मनोनयन दर्ता गराएका छन् ।

यस्तै उपाध्यक्षमा उपाध्यक्षमा दीलबहादुर तामाङ भरतबहादुर थापा र कालुमान लामाले मनोनयन दर्ता गराएका छन् । यसै गरी सचिवमा टेकबहादुर राउत, शम्भु पौडेल र महेश रोक्काले मनोनयन दर्ता गराएका छन् ।

महिला उपसचिवमा गङ्गा राई, महेश्वरी राई, गीता खड्काको मनोनयन दर्ता भएको छ । उपसचिवमा हेमबहादुर खड्का, मन्दिप राई, धर्मबहादुर खड्का, जीवनाथ दाहाल, नारद निरौला र दुर्गानन्द चौधरीको मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ता सकिएकाले अहिले आन्तरिक छलफल जारी रहेको छ । नेकपा एमाले उदयपुरको नवौँ अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *