५० ग्रामको ब्रासलेटसहित विमानस्थलबाट एकजना पक्राउ – Nepal Press

५० ग्रामको ब्रासलेटसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । भन्सार छली अवैधरूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौल सुनको ब्रासलेटसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरूषोत्तम शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट शर्मा पक्राउ परेका हुन् । यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको पाइएको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर