सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ : झलनाथ खनाल (भिडिओ) – Nepal Press

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ : झलनाथ खनाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन् ।

उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताए । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए ।

खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताए । उनले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे ।

यस्तो छ खनालको भनाइः

समाजवाद प्राप्त गरेर मात्रै तपाई, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ । विकास ल्याउन सक्छौँ । आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्नसक्छौँ । आजको युग अब समाजवादको युग हो ।

आज मात्रै हाम्रो पार्टीको सचिवालयले महाधिवेशनको एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको बिरोध गरौँ, समाजवाद निर्माण गर्नका लागि अगाडी बढौँ । अब यो हाम्रो पार्टीको मात्र होइन । सिंगो देशको नारा हुनुपर्छ ।

समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौँ । सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्यो भन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरुले नै देश बनाउनुपर्छ । हाम्रो देशका युवाहरु एकजुट, एकतावद्ध हुुनुहुनेछ ।

र साम्राज्यवादी शक्तिहरु, प्रभुत्ववादी शक्तिहरु, हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध र यो देशमा शोषण गरिरहेका, दमन गरिरहेका, अत्याचार गरिरहेका, दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध तपाईहरु एकजुट हुनुहुन्छ र आम जनतालाई एकतावद्ध गराउनुहुनेछ । यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु बन्नुहोस् । तर भ्रष्टाचारी कहिल्यै नबन्नुहोस् । स्वच्छ हृदय, स्वच्छ चरित्रका नेताहरु नेता, अध्येधा, इन्जिनियर र डाक्टरहरु बन्नुहोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर