सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा, अवस्था गम्भीर – Nepal Press

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा, अवस्था गम्भीर

विशाल र पुजन प्रहरी हिरासतमै, अन्य घाइतेको के छ अवस्था ?

काठमाडौं । हिजो सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो ।

स्रोतका अनुसार बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् । चिकित्सकले बस्याललाई बचाउन प्रयासरत रहेको आज ब्रिफिङ गरे ।

बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि हुन् । अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।

स्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।

दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् । उनीहरू खतरमुक्त रहेको स्रोतले बतायो । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ । उनी आसामका कलाकार हुन् । भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए भने कमेडी क्लव विथ च्याम्पियनका नियमित सदस्य थिए ।

प्रकृती गिरीको हात भाँच्चिएको छ । यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन् ।

दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमै छन् । मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । दुवैलाई सामान्य चोटपटक लागेको छ । सुशान्तका परिवारले उनीहरूमाथि कारवाहीको माग गरिरहेका छन् ।

बिहान ३ बजेतिर नगरकोटबाट फर्किँदै गर्दा विशालसहित ६ जना चढेको कारले विपरित दिशामा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर