नेपालमा सनातन हिन्दू र बौद्धधर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौं खर्च गरेको खुलासा – Nepal Press

नेपालमा सनातन हिन्दू र बौद्धधर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौं खर्च गरेको खुलासा

काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख बढी रकम खर्च गरिएको तथ्य उजागर भएको छ ।

बाइडेन प्रशासनले यत्ति रकम खर्च गरेको अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले सार्वजनिक गरेका हुन् । उनले अमेरिकी सदनमै यसको खुलासा गरेर बाइडेन सत्तालाई प्रश्न गरेका छन् ।

उनले भनेका छन, ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो ? उनले प्रश्नमा प्रश्न थप्दै भनेका छन, ‘के यो पैसाको सहि प्रयोग हो? यो प्रश्न सांसद ब्रायन म्यास्टले अमेरिकी सरकारका व्यवस्थापन तथा श्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई सोधेका हुन् । बर्माले त्यस्तो रकम खर्च नभएको भन्दै बचाउ गरेका छन् ।

अमेरिका तथा युरोपेली देशले नेपालमा धर्म परिवर्तन गर्न बजेट दिने धेरै अगाडिबाट उजागर भएको तथ्य हाे । धार्मिक अनास्था फैलाउन बजेट दिएको भने यो नै पहिलो सार्वजनिक जानकारी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *