भारतीयलाई रुसी फौजमा पठाउने गिरोहका १३ मुकाममा अनुसन्धान व्युरोको छापा – Nepal Press

भारतीयलाई रुसी फौजमा पठाउने गिरोहका १३ मुकाममा अनुसन्धान व्युरोको छापा

काठमाण्डौ । विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गरेर भारतीय युवाहरुलाई रुसी फौजमा भर्ती गर्ने बिचौलियाहरुको मुकाममा केन्द्रीय अनुसन्धान व्युरोले छापा हानेको छ । दिल्ली र मुम्बईका १३ मुकाममा छापा हानिएको बीबीसीले उल्लेख गरेको छ ।

युट्युबलगायतका सामाजिक सञ्जालको प्रयोग गरेर भारतीय युवाहरुलाई रुसी फौजमा पठाउने भिसा एजेन्सीलगायतका विभिन्न बिचौलियाहरुको मुकाममा व्युरोले छापा हानेको हो । छापा हानेर पचास लाख भारु बरामद गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मासिक डेढ लाख भारुको आशा देखाएर भारतीय युवाहरुलाई रुस लगिएको सार्वजनिक भएको छ । भारतका दुई युवाको युक्रेन-रुस युद्धमा परेर मृत्यु भएको औपचारिक पुष्टि भएको छ । कैयौं युवा हराएका सूचनाहरु सार्वजनिक भएका छन् ।

भारत सरकारले पनि भारतीयहरु रुसी सेनाको सहयोगीको रुपमा युक्रेन र रुस युद्धमा पुगेको औपचारिक पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर