गृहमन्त्री लामिछाने भन्छन्- केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न – Nepal Press

गृहमन्त्री लामिछाने भन्छन्- केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न

काठमाडाैं । बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले आफू केही समय होमवर्कमा रहने बताएका छन् ।

गृहसहित चार मन्त्रालय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गएपछि लामिछाने आफूहरु चेक लिस्टसहित आएको बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा भएको छ । रास्वपा प्रचण्ड सरकारमा गएको भन्दै आलोचना भइरहेको बेलामा उनले कम्प्रोमाइज नहुने बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछाने भन्छन्- केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर