कांग्रेसको ठहर- प्रचण्ड राजनीतिक बेइमान, समर्थन आजै संसदलाई जानकारी दिएर फिर्ता लिने (भिडिओ) – Nepal Press

कांग्रेसको ठहर- प्रचण्ड राजनीतिक बेइमान, समर्थन आजै संसदलाई जानकारी दिएर फिर्ता लिने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए ।

उनले भने, ‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । काल्पनिक कपोलकल्पित तथा कथित कारण देखाउनुभयो । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ । हामीले सहमतिहरू पालना गर्दै गयौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर