प्रचण्डमाथिको समर्थन फिर्ता लिने कांग्रेसको तयारी, आज कार्यसम्पादन समितिले निर्णय गर्ने – Nepal Press

प्रचण्डमाथिको समर्थन फिर्ता लिने कांग्रेसको तयारी, आज कार्यसम्पादन समितिले निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन लागेको हो ।

पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय लिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएका थिए । अब कांग्रेसले समर्थन फिर्ता लिदै संसद्‍मा प्रतिपक्षमा बस्ने तयारी गरेको छ ।

कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री प्रचण्डलाई संवैधानिक बाध्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर