गाजामा नरशंहार गरेको विरोधमा इजारयाली दूतावास अगाडि अमेरिकी सैनिकले गरे आत्मदाह – Nepal Press

गाजामा नरशंहार गरेको विरोधमा इजारयाली दूतावास अगाडि अमेरिकी सैनिकले गरे आत्मदाह

काठमाडौं। अमेरिकाका इजरायली दूतावास अगाडि एक अमेरिकी सैनिकले आत्मदाह गरेका छन् ।

अमेरिकी मिडिया टाइमका अनुसार अमेरिकी हवाई सुरक्षा दस्ताका एक सैनिकले आइतबार गाजाको नरशंहारको विरोध गर्दै आत्मदाह गरेका हुन् । अमेरिकी समय अनुसार आइतबार १२ः५८ मा यस्तो घटना भएको हो ।

आत्मदाह गर्ने अमेरिकी सैनिक २५ वर्षका छन् । उनको आइतबार राती नै ज्यान गएको छ । उनको नाम आरोन बुसनेल रहेको बताइएको छ ।

आत्मदाह अगाडि आरोनले केहि मिडियाहरुलाई सूचना चुहाएका थिए । उनले भनेका थिए, ‘आज म प्यालेस्टाइनी नागरिकमा भएको नरशंहारको बिरुद्ध केहि घातक प्रदर्शन गर्न गइरहेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर