विवादित मन्त्रीलाई रविको प्रश्न- आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ? (भिडिओ) – Nepal Press

विवादित मन्त्रीलाई रविको प्रश्न- आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘संसदलाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइँदैछ ? सभामुखले रुलिङ भइसकेका विषयमा विवादित केही मन्त्रीहरूलाई आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन रोकेको छ चाहिँ के ले ? किन पटक-पटक मागिराख्नुपर्ने ? यदि कुनै अप्ठ्यारो छैन । आफूमाथि उठेका आरोपका जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन् । ती आरोप या निराधार हो भने संसद्‍मा उभिएर भन्ने केले रोक्यो ?’

उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर