विराट-अनुष्काका दोस्रो सन्तान अकाय भारतीय कि बेलायती ? – Nepal Press

विराट-अनुष्काका दोस्रो सन्तान अकाय भारतीय कि बेलायती ?

काठमाडाैं । सेलिब्रेटी दम्पती अनुष्का शर्मा र विराट कोहलीले फेब्रुअरी १५ अर्थात फागुन ३ मा आफ्नो दोस्रो सन्तानको रुपमा छोरा अकाय प्राप्त भयाे । विराटलाई पुत्रलाभ भएको चर्चा एकातर्फ छँदैछ, सँगै उनका छोरा अकायको नागरिकतालाई लिएर थप चर्चा चलेकाे छ ।

विराट पत्नी अनुष्काले लण्डनको एक अस्पतालमा छोरा अकायलाई जन्म दिएकी थिइन् । लण्डन पुगी छोरालाई जन्म दिएपछि विराट र अनुष्का यतिबेला समाचारको हेडलाइन बनेका छन् । जन्मस्थलका कारण विराटका छोरा अकाय बेलायती नागरिक भएको धेरैको अनुमान छ भने सामाजिक सञ्जालमा भारतीयहरुले विराट-अनुष्कामाथि सन्तानलाई बेलायती नागरिकता दिलाउन नै बेलायतमा जन्माएको आरोप लगाइरहेका छन् । अकाय भारतीय नागरिक नै रहन्छन् या जन्मस्थलका कारण स्वत: बेलायती नागरिक भए ? आखिर कहाँका नागरिक हुन् त अकाय ?

स्पोर्टस टकको एक रिपोर्टअनुसार विराटका छोरा अकायको नागरिकता स्थितिले उनलाई स्वत: बेलायती नागरिकता प्रदान गर्दैन । बेलायतको नागरिकतालाई नियन्त्रित गर्ने नियमहरूले बेलायतमा जन्मिएमा नागरिकताको ग्यारेन्टी गर्दैन भनेर निर्दिष्ट गर्छ । बेलायती नागरिकता हासिल गर्न वा बेलायती नागरिक हुन कम्तीमा एक अभिभावकले बेलायती नागरिकता धारण गरेको वा लामो समयसम्म बेलायत बसी ‘सेट्ल्ड स्टाट्स’ प्राप्त गरेको हुनुपर्छ ।

त्यसैगरी यदि कुनै बच्चा बेलायती नागरिक वा बेलायती आमाबुवाबाट बेलायत बाहिर जन्मिए भने उनीहरू अभिभावकको नागरिकताको स्थितिको आधारबाट बेलायती नागरिकताका लागि योग्य हुन सक्छन् ।

अब लागौं, विराटका छोरा अकायतर्फ । अकायको जन्म लन्डनमा भए पनि अकायले बेलायती नागरिकताको मापदण्ड पूरा गर्दैनन् । यहाँसम्म कि यदि लण्डन शहरमा विराट र अनुष्काको सम्पत्तिको स्वामित्व भए पनि उनी बेलायती नागरिकताको योग्य हुँदैनन् । तसर्थ, उनीसँग बेलायतको राहदानी भएको खण्डमा पनि अकायलाई भारतीय नागरिकको रूपमा मान्यता दिइनेछ ।

सन् २०१७ मा लगनगाँठो कसेको यो जोडीले सन् २०२१ जनवरीमा पहिलो सन्तानस्वरुप छोरी वामिका पाएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर