नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) सामाजिक सुरक्षा कोषलाई – Nepal Press

नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) सामाजिक सुरक्षा कोषलाई

काठमाडौं । नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) सामाजिक सुरक्षा कोषलाई प्रदान गरिएको छ ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाउँदै सूचना तथा सञ्चार मन्त्रालयले नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) सामाजिक सुरक्षा कोषलाई प्रदान गरेको हो ।

त्यस्तै, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विभिन्न ७ विधामा ७ व्यक्ति तथा संस्थालाई अवार्ड पनि प्रदान गरिएको छ ।

नेसनल आइसीटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीलाई प्रदान गरिएको छ । प्युठानका गिरीलाई सरकारको तर्फबाट सम्मानसहित एक लाख नगद प्रदान गरिएको हो ।

त्यस्तै, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन) लेना केशरी कंशाकारलाई प्रदान गरिएको छ । जसमा उनलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।

नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ वन प्वाइन्ट फाइनान्सियललाई प्रदान गरियो । त्यसै गरी, नेशनल आइसिटी अवार्ड २०२४ ९पब्लिक सेक्टर० सामाजिक सुरक्षा कोषलाई प्रदान गरिएको हो ।

नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) मा वीरगंजका डाइनामिक टेक्नोसफ्ट प्रालिलाई प्रदान गरिएको छ । नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ मोनाल टेक प्रालिलाई प्रदान गरेको छ।

साथै सबैभन्दा धेरै कर बुझाएकोमा नेपाल टेलिकमलाई उच्च कर बुझाएकोमा अवार्ड प्रदान गरिएको छ। आईसिटीमार्फ सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गरेकोमा स्प्राउट टेक्नोलोजी प्रालिलाई अवार्ड दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर