पुटिनले किम जोङ उनलाई दिएको विलासी कार अवैधानिक भएको अमेरिकी आरोप – Nepal Press

पुटिनले किम जोङ उनलाई दिएको विलासी कार अवैधानिक भएको अमेरिकी आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सवोच्च नेता किम जोङ उनलाई दिएको उपहार अवैधानिक भएको अमेरिकाले आरोप लाएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार बुधबारको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको नियमित पत्रकार सम्मेलनको क्रममा बुधबार यस्तो कुरा आएको हो । अगाडि रुसको भ्रमणमा आएको उत्तर कोरियाली सर्वोच्च नेतालाई सुविधासम्पन्न विलासी कार उपहार दिएका थिए ।

पुटिनले किमलाई दिएको उपहार बारेमा गत मंगलबार उत्तर कोरियाली मिडियाले समाचार बनाएका थिए । समाचारमा गत हप्ता उपहारको कार उत्तर कोरिया प्रवेश गरेको बताइएको थियो ।

संयुक्त राष्ट्रसंघको कारबाहीमा परेको उत्तर कोरियामा बिलासी गाडि तथा यातायातका साधन दिन नमिल्ने प्रवधान भएको तर्क दिँदै अमेरिकी अधिकारीले उपहार अवैधानिक भएको बताएका हुन् । पुटिनले किमलाई उरुस सेनत ब्राण्डको विलासी सुविधासम्पन्न कार उपहार दिएका थिए । यो कार रुसकै आन्तरिक ब्राण्ड हो । कार उपहार अवैधानिक भएको आरोप अमेरिकाको मात्रै होइन । दक्षिण कोरियाले पनि यस्तै आरोप लाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर