प्रजातन्त्र दिवसमा पूर्व राजाको सन्देश : जनता जनार्दनले जे भन्दछन्- त्यो सुनौँ, त्यसलाई गुनौँ – Nepal Press

प्रजातन्त्र दिवसमा पूर्व राजाको सन्देश : जनता जनार्दनले जे भन्दछन्- त्यो सुनौँ, त्यसलाई गुनौँ

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसर शुभकामना सन्देश जारी गरेका छन् । उनले ७४ औँ प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूजनीय भए पनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताए ।

अहिलेको आवश्यकता जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा-कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्- त्यो सुनौँ- त्यसलाई गुनौँ र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ । सबैले मिठो खान र राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर