लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन – Nepal Press

लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन

कैलाली । धनगढीमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ । धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो ।

उनलाई पार्क मोडदेखि ट्राफिक चोक हुँदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाँकी र बाजागाजासहित नगर परिक्रमा पनि गराइएको थियो । सुदूरपश्चिमका ४० भन्दा बढी संघसंस्थाले पनि अभिनन्दनपत्र र दोसल्लाले चन्दको अभिनन्दन गरेका थिए ।

सुदूरपश्चिममा जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया गाउँपालिका- २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन् ।

उनलाई ८५औं जन्मोत्सवको अवसर पारेर अभिनन्दन गरिएको हो । थुप्रै कृति लेखेका चन्दले ‘विसर्जन’ कथा सङ्ग्रहको लागि २०५४ सालमा मदन पुरस्कार पाएका थिए ।

नेपाली साहित्यको इतिहासमा उनका पाहुना घर, विसर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौं खेलाडी, लेमिङहरु, रात्रि भोज र नेता साथी जस्ता दर्जनौं कृति प्रकाशित छन् ।

राप्रपाका वरिष्ठ नेता चन्द चार पटक प्रधानमन्त्री भएका थिए ।


प्रतिक्रिया

One thought on “लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन

Leave a Reply

Your email address will not be published. Required fields are marked *