एमाले कैलालीमा आकांक्षीको लर्को: अध्यक्षमा तीन, उपसचिवमा ३० जनाको दाबी – Nepal Press

एमाले कैलालीमा आकांक्षीको लर्को: अध्यक्षमा तीन, उपसचिवमा ३० जनाको दाबी

कैलाली । नेकपा एमालेको यही फागुन ६ र ७ गते हुने कैलाली जिल्ला अधिवेशनका लागि उम्मेदवारहरूको लर्को लागेको छ । पहिलो पटक पार्टी नेतृत्वले अधिवेशन सुरु हुनुभन्दा पहिल्यै जिल्लाको नेतृत्व गर्ने आकाङ्क्षीहरूको चाहना बुझेको थियो । सोहीअनुसार अध्यक्षमा तीन, उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिव २ पदमा ३० जनाले दाबी गरेका छन् ।

अध्यक्षमा यज्ञ ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले आकांक्षा व्यक्त गरेका छन् । उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा छन् ।

सचिवमा हितेश ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही र भीष्मराज सुवेदीले दावी गरेका छन् ।

दुई उपसचिवमा धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक र ध्रुवबहादुर भण्डारी छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर, गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा आकांक्षा देखाएका छन् ।

एमाले कैलाली जिल्लाको नवौं अधिवेशन फागुन ६ गते कैलालीको सुखडमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । त्यसअघि नै पदाधिकारीहरुको इच्छापत्र लिइएको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिमै नेतृत्व चयन गर्न अधिवेशनअगावै आकांक्षीबाट इच्छापत्र पेस गर्ने समय दिइएको बताए ।

‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहना भएकाहरूले आज पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छापत्र पेस गर्ने समय दिइएको हो’, ठगुन्नाले भने, ‘भोलि र पर्सि आकाङ्क्षीहरूबीच सहमतिको प्रयास गरिनेछ ।’

एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र समय नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटनपूर्व नै पदाधिकारीमा इच्छापत्र मागिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर