नेपालको ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम – Nepal Press

नेपालको ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम

काठमाडौं । नेपालको ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघले बुधवार ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको हो ।

साथै क्यानले ए टीमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ ।

ए टीमका लागि सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *