च्याम्पियन्स लिग : सिटी र रियलको जित – Nepal Press

च्याम्पियन्स लिग : सिटी र रियलको जित

हेटौँडा । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले जित दर्ता गरेका छन् । गएराति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को जित दर्ता गर्दा स्पेनिस ला–लिगाको लिग लिडर रियल मड्रिडले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो ।

खेलको १० औँ मिनेटमा सिटीका केभिन डी ब्रुयनले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

तर पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्डो सिल्भाले पुनः सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

यस्तै गएराती नै भएको खेलमा रियलका ब्राहिम डियाजले गोल गर्दै रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा जित दर्ता गर्न सफल बनेको छ ।

अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा खेल्नेछ भने सिटिले पनि घरेलु मैदानमा मार्च ६ मानै खेल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *