माल्दिभ्सविरुद्धको खेलमा नेपालले बनाएका पाँच कीर्तिमान – Nepal Press

माल्दिभ्सविरुद्धको खेलमा नेपालले बनाएका पाँच कीर्तिमान

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइलनको यात्रा सुनिश्चित गर्यो । रुविना क्षेत्रीको कीर्तिमानी शतकमा नेपालले मालदिभ्समाथि कीर्तिमानी जित निकालेको हो । नेपालले मालदिभ्सलाई हराउँदा ५ कीर्तिमान बनाएको छ ।

पहिलो अन्तर्राष्ट्रिय शतक

माल्दिभ्सविरुद्धको खेलमा नेपालकी रुविना क्षेत्री नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाइन् । उनले माल्दिभ्सविरुद्ध ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रन प्रहार गरेकी हुन् । उनले माल्दिभ्सविरुद्ध १ सय १८ रन प्रहार गर्दै सर्वाधिक रन बनाउने नेपाली खेलाडीसमेत बनेकी छन् । यसअघि सीता राना मगरले कतारविरुद्ध अविजित ८२ रन बनाएकी थिइन् ।

सबैभन्दा ठूलो योगफल

माल्दिभ्सविरुद्ध २ सय २७ रन बनाउँदै नेपालले आफ्नै कीर्तिमानी ब्रेक गर्यो । यसअघि नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन १ सय ६४ थियो । नेपालले सन् २०२१ मा कतारविरुद्ध १ सय ६४ रन बनाएको थियो । तर, मङ्गलवार माल्दिम्भविरुद्ध २ सय २७ रन बनाउँदै नयाँ कीर्तिमानी बनाएको हो ।

सर्वाधिक ठूलो साझेदारी

माल्दिभ्सविरुद्धको खेलमा शतक प्रहार गरेकी रुविनाले पूजा महतोसँग मिलेर पाचौं विकेटका लागि १ सय ६६ रनको साझेदारी गरिन् । ६१ रनमा ४ विकेट गुमाएको नेपाललाई रुविना र पूजा मिलेर २ सय २७ रनमा पु¥याएका थिए । जुन हालसम्मकै सर्वाधिक साझेदारी हो । रुविना र पूजाले नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका छन् । यसअघि यो कीर्तिमान इन्दु वर्मा र सीता राना मगरको नाममा थियो । उनीहरूले ८८ रनको साझेदारी गरेका थिए ।

सर्वाधिक फराकिलो जित

माल्दिभ्सविरुद्ध २ सय १४ रनको जित निकालेको नेपालले नयाँ कीर्तिमानी कायम ग¥यो । यसअघि सर्वाधिक १ सय १९ रनको जित निकालेकोमा मङ्गलवार माल्दिभ्सविरुद्ध २ सय १४ रनको जित निकाल्दै नयाँ रेकर्ड कायम गरेको हो । यसअघि कतारविरुद्ध सन् २०२१ मा १ सय १९ रनको जित निकालेको थियो ।

एकै इनिङमा सर्वाधिक छक्का

माल्दिभ्सविरुद्ध शतक प्रहार गर्ने क्रममा रुविनाले ५ छक्का प्रहार गरिन् । जुन हालसम्म एकै इनिङमा कुनै पनि नेपाली खेलाडीले प्रहार गर्न सकेका थिएनन् । १ सय १८ रन प्रहार गर्ने क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *