क्यानडाविरुद्धको सिरिजमा हेमन्त धामीले डेब्यु, टीममा आज चार परिवर्तन – Nepal Press

क्यानडाविरुद्धको सिरिजमा हेमन्त धामीले डेब्यु, टीममा आज चार परिवर्तन

काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको तेस्रो खेलमा हेमन्त धामीले डेब्यु गरेका छन् ।

यसअघि सूर्य तामाङ र रिजन ढकालले क्यानडाविरुद्ध नै डेब्यु गरेका थिए ।

सिरिजको अन्तिम खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले चार परिवर्तन गरेको छ ।

आज ओपनर आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई आराम दिइएको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *