क्यानडाविरुद्ध टस जितेर नेपाल फिल्डिङमा – Nepal Press

क्यानडाविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो । सिरिज कब्जा गरिसकेको नेपालले आज पनि जित निकाले सिरिज नै क्लिन स्विप गर्नेछ ।

नेपालबाट हेमन्ती धामीले डेब्यु गरेका छन् ।

क्यानडा भने आज सान्त्वना जितको खोजीमा रहेको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *