यी हुन् एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेताहरु – Nepal Press

यी हुन् एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेताहरु

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडी अवार्ड एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाईले जितेका छन् ।

एनएसजेफले आइतबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७९ बाट वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपक र वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड राजपुराले जितेकी हुन् । दीपक र राजपुराले एन २५० मोटरसाइकल प्राप्त गरे ।

दीपकले क्रिकेटका रोहित पौडेल र आसिफ शेख तथा राजपुराले अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पार्दै अवार्ड जितेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड एथ्लेटिक्सकै चन्द्र गुरुङले जित्दा वर्ष उत्कृष्ट युवा खेलाडी अवार्ड क्रिकेटका देव खनालले हात पारे । चन्द र देवले पल्सर एन १६० मोटरसाइलक पाए । पिपल्स च्वाइस अवार्डमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ चुनिइन् । उनले मोटरसाइकल प्राप्त गरिन् ।

यी हुन् अवार्ड विजेता

पिपल्स च्वाइस अवार्ड– सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस)

उत्कृष्ट खेलाडी पुरुष – दीपक अधिकारी (एथ्लेटिक्स)

उत्कृष्ट खेलाडी महिला – राजपुरा पछाई (एथ्लेटिक्स)

उत्कृष्ट युवा खेलाडी – देव खनाल (क्रिकेट)

उत्कृष्ट प्रशिक्षक – चन्द्र गुरुङ (एथ्लेटिक्स)

लाइफटाइम एचिभमेन्ट अवार्ड– राजेन्द्रकुमार प्रधान (भारोत्तोलन)

स्पेशल अवार्ड – सुदर्शन रञ्जित (खेल अभियान्ता)

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड – रेमण्ड चुलाई (हङकङ)

पारा एथलिट सम्मान – मैयाँ विशुंखे (ओलम्पियन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *