एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित, भुटानलाई ८ विकेटले हरायाे – Nepal Press

एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित, भुटानलाई ८ विकेटले हरायाे

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ। दोस्रो खेलमा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हाे ।

भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । ब्याटिङमा नेपालकी सीता राना मगरले ३२ र रुबिना क्षेत्रीले १७ रनमा अविजित रहे । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए । बलिङमा भुटानकी अञ्जली गुरुङ र अञ्जुली घलीले एक(एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो। न्वाङ्ग छोदेनले २४ र छिरिङ जाङ्मोले १६ रनको योगदान दिए । नेपालका इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र कविता जोशीले एक-एक विकेट लिए।

यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *