एक खेलअगावै नेपालले जित्यो क्यानडाविरुद्धकाे सिरिज – Nepal Press

एक खेलअगावै नेपालले जित्यो क्यानडाविरुद्धकाे सिरिज

काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ ।

शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको उपाधि जितेको छ । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक बने । उनले ब्याटिङ, बलिङ दुवैतर्फ शानदार प्रदर्शन गरे ।

 बलिङमा २ विकेट लिएका रोहितले ब्याटिङतर्फ ८७ रन बनाए । उनले देव खनालसँग मिलेर १ सय ५० रनको साझेदारी गरेका थिए । खनाल ७६ रन बनाएर आउट भएका थिए । ओपनर अनिलकुमार शाहले १९ बलमा किर्तीमानी अर्धशतक प्रहार गरे । आशिफ शेखले १० र भिम सार्कीले २३ रनको योगदान दिए । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे ।

बलिङमा क्यानडाका ईश्वरजोत सोही र हर्ष ठकेरले २–२, साद बिन जाफर र दिलप्रीत बाजवाले १–१ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्याडनाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । रन बनाएको हो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए ।

नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भएका थिए । श्रेयस मोभा ४० रन बनाएर आउट हु्ँदा उदय भगवान २० रनमा अविजित रहे ।

बलिङमा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले समान २–२ विकेट, आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामीले र पवन सर्राफले १–१ विकेट लिन सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *