एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङसँग खेल्दै – Nepal Press

एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङसँग खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल आज हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि सुरु हुने प्रतियोगितामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्न लागेको हो ।

मलेसियामा हङकङविरुद्ध नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिला पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले फेब्रुअरी १० देखि १८ सम्म गर्ने प्रतियोगितामा समूह ‘डी’ मा नेपालसहित हङकङ, भूटान र माल्दिभ्स छन् ।

समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर, समूह ‘बी’मा यूएई, चीन, ओमान र जापान तथा समूह ‘सी’मा इन्डोनेसिया, बहराइन, मलेसिया र कतार रहेका छन् ।

चार समूहका शीर्ष २-२ टोलीको क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्ने २ टोलीले आउँदो वुमन्स एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर