केकी अधिकारीको कविता- गौशाला ! – Nepal Press

केकी अधिकारीको कविता- गौशाला !

नायिका केकी अधिकारीलाई कविताको रियालिटी शो ‘पोयट आइडल’ को जज बनाइएको समाचारसँगै उनको निकै ट्रोल भयो । चलचित्रमा अभिनय गर्ने कलाकारलाई कविताको मूल्यांकन गर्ने जिम्मेवारी दिइँदा धेरैले यसलाई ठट्टा सम्झिए ।

सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी भइरहँदा केकी भने मौन थिइन् । कुनै प्रष्टीकरण नदिई बसेकी उनले आज पोयट आइडलद्वारा आयोजित औपचारिक पत्रकार सम्मेलनमा मुख खोल्दै कविताको मूल्यांकन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् ।

पढ्नुहोस्, पोयट आइडलकी जज केकी अधिकारीद्वारा लिखित कविता- ‘गौशाला’ !

वाह ! स्याबास ! क्या बात !
उनी चुपचाप छिन् ।

केहि थान सपनाहरु थाती राखेर
बटुल्दै छिन् औंस-औंस साहसहरु ।

पर कतै सुरिलो धुन बज्दा
गुनगुनाई दिउँ कि झै गर्छिन् ।

काठमाडौंको झिलीमिलीसँगै
नाचिदिउँ कि झै गर्छिन् ।

वाह ! स्याबास ! क्या बात !
भनिदिने कोही भैदिएको भए
असरल्ल कापीमा छरेर भावना
महाकाव्य नै पो लेख्थिन् ।

तर, लडाईं बाँकी छ र पो
बबरमहल तिरै लडिरहेकी छिन्
उही हाम्री प्यारी
तिम्री मेरी ‘गौशाला’ ।

 


प्रतिक्रिया

One thought on “केकी अधिकारीको कविता- गौशाला !

  1. कविता कसका लागि र कहाँबाट कस्ले भनेको लडाइँ के हो समाज दोहोरो चरित्रको छ भन्ने नभुलौ सेलिब्रेटी सेलिब्रेटी सेलिब्रेटी पटकपटक स्क्याण्डल हामीले समाजमा देखेका छौ देखेका छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *