कोरियामा सकियो स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन – Nepal Press

कोरियामा सकियो स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन

काठमाडौं । दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ गरिएको हो ।

राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सम्मेलनको सफलताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत शुभकामना दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा आफू निकै खुसी भएको बताए ।

परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुद र संस्कृति तथा पर्यटन क्षेत्रमा अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताए ।

सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डेसनका संरक्षक डा. शेष घलेले नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकास गर्न उचित नीति–नियम अख्तियार गर्ने, त्यसपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ती गर्ने र विश्वका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *