दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलो पटक फाइनलमा – Nepal Press

दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलो पटक फाइनलमा

हेटौँडा । एसियाली फुटबलको पावर हाउस मध्येको एक दक्षिण कोरियाविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो पटक फाइनल प्रवेश गर्ने क्रममा जोर्डनले द.कोरियामाथि २–० को जित निकाल्न सफल भयो ।

मङ्गलवार कतारको अहमेद बिन अली रङ्गशालामा भएको खेलमा जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

जोर्डनको लागि खेलको ५३ औँ मिनेटमा याजन अल–नैमत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।

कोरिया विरुद्ध सबै कोणबाट उत्कृष्ट फुटबल पस्किएको जोर्डनका मुसा अल–तामरीले ६७ औँ मिनेटमा गोल गरेपछि द. कोरियाको १५ वर्ष लामो एसियन गेमको फाइनल पुग्ने योजनामा पुनः धक्का लागेको छ भने जोर्डनको इतिहास बनेको छ ।

जोर्डनले अब उपाधिका लागि साबिक विजेता कतार र इरानबीचको विजेतासँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *