फोडेन चम्किएपछि सिटीको सानदार जित – Nepal Press

फोडेन चम्किएपछि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । सिटीको जितमा फिल फोडेन नायक बने । फोडेनले टिमको लागि सानदार जित मात्र दिलाएनन्, आफ्नो ह्याट्रिक पनि पूरा गरे ।

गए राती ब्रेन्टफोर्डलाई उसैको घरमा ३-१ ले पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको २१औँ मिनेटमा निल मउफीले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर सिटिले घरेलु टोलीको खुसी पहिलो हाफको इन्जुरी टाइमसम्म मात्र सीमित पारिदियो ।

पहिलो हाफको इन्जुरी टाइममा फोडेनले गोल गर्दै सिटिलाई बराबरी अवस्थामा ल्याए ।

फोडेनको रफ्तार दोस्रो हाफमा थप आक्रामक बन्यो । उनले ५३ र ७०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितपछि सिटी २२ खेलमा ४९ अंक पुगेको छ । भने पहिलो स्थानको लिभरपुलको ५१ अंक छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *