विश्वकपमा ब्याट नचलेका गुल्सन भन्छन्- कहिलेकाहीँ यस्तो फेजहरू पनि हुन्छ, त्यसलाई इन्जोय गर्ने हो (भिडिओ) – Nepal Press

विश्वकपमा ब्याट नचलेका गुल्सन भन्छन्- कहिलेकाहीँ यस्तो फेजहरू पनि हुन्छ, त्यसलाई इन्जोय गर्ने हो (भिडिओ)

काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना भएको यू-१९ विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।

उनीहरू सोमबार बिहान स्वदेश फर्किएका हुन् । नेपालले उक्त विश्वकपमा सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो ।

विश्वकप खेलेर फर्किएका गुल्सन झाले नेपालले विश्वकपमा राम्रो खेलेको बताए । तर, आफ्नो प्रदर्शनबाट भने सन्तुष्ट नरहेको सुनाए । उनले विश्वकपमा ५ खेलमा २५ रन बनाएका थिए । बलिङमा भने उनले औसत प्रदर्शन गरेका थिए ।

‘राम्रो भयो । टिम एकदमै राम्रो खेल्यो,’ उनले भने, ‘व्यक्तिगत रूपमा बलिङमा राम्रै भइराखेको थियो । ब्याटिङमा रन आएन । मेरो पनि धेरै अपेक्षा थियो । हुन्छ कहिलेकाहीँ यस्तो फेजहरू पनि हुन्छ । त्यसलाई इन्जोय गर्ने हो । एउटा खेलाडीको रूपमा बुझ्नुपर्‍यो की सबै हुन्छ खेलाडीको जीवनमा ।’

विश्वकपमा भएका कमजोरीहरूलाई साइडमा राखेर अब क्रिकेटमा निरन्तरता दिने गुल्सनले बताए ।

‘प्रेसर केही थिएन । अपेक्षा धेरै थियो । आफूसँग पनि थियो भएन । सबै कुरालाई साइडमा राखेर निरन्तरता गरम,’ उनले भने, ‘एकदमै रमाइलो भयो । राम्रो अनुभव भयो । समग्रमा भनौँ न हामी राम्रो क्रिकेट खेल्यौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *