जेभियर इन्टरनेशनल कलेज क्रिकेट कपको उपाधि फार वेस्टर्नलाई – Nepal Press

जेभियर इन्टरनेशनल कलेज क्रिकेट कपको उपाधि फार वेस्टर्नलाई

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज क्रिकेट कपको उपाधि फार वेस्टर्नले जितेको छ । फार वेस्टर्नले दिएको ९४ रनको सामान्य लक्ष्य पच्छ्याएको जेभियर पल्टन ६५ रनमै अल आउट भयो ।

फाइनलको म्यान अफ द म्याच चक्र भण्डारी, उत्कृष्ट बलर सुरेन्द्र रोकाया र उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज कृतक दाहाल घोषित भए ।

कार्यक्रमको विजेतालाई नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले मेडल तथा शिल्ड वितरण गरेका थिए ।

कार्यक्रममा जेभियर इन्टरनेसनल कलेजका अध्यक्ष लोकबहादुर भण्डारी, जेभियर कलेजका सीईओ गोपाल भण्डारी र प्रधानाध्यापक दिपेन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमका पूर्व कप्तान दासले खेल क्षेत्रमा जेभियर इन्टरनेशनल कलेज कालोपुलले गरेको योगदानको कदर गर्दै क्रिकेटमा समेत लगानी गरेको देख्दा आफू उत्साहित भएको धारणा राखेका थिए ।

मूलपानी क्रिकेट मैदानमा खेल ३ दिनसम्म चलेको थियो । प्रतियोगितामा १८ वटा टोली सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *