डिफेन्डिङ च्याम्पियन कतार एसिया कप फुटबलको सेमिफाइनल प्रवेश – Nepal Press

डिफेन्डिङ च्याम्पियन कतार एसिया कप फुटबलको सेमिफाइनल प्रवेश

काठमाडौं । उज्बेकिस्तानमाथि पेनाल्टी सुट आउटमा सनसनीपूर्ण नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियन कतार एसिया कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएसँगै एसिया कपको अन्तिम चार टिम टुंगो लागेको छ ।

सेमिफाइनलमा पुग्न कतारले उज्बेकिस्तानमाथि पेनाल्टी सुट आउटमा ३–२ को जित निकाल्यो ।

कतारको लागि गोलकिपर मिशाल बार्शाम नायक बने । उनले ३ वटा पेनाल्टी सुटआउट बचाउ गरेका थिए ।

निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *