कैलाश सिरोहियाको पक्षमा उभियो कांग्रेस, कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर (भिडिओ) – Nepal Press

कैलाश सिरोहियाको पक्षमा उभियो कांग्रेस, कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर आफूहरू उनको साथमा रहेको जानकारी गराएका छन् ।

नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

कांग्रेस सांसदहरूसमक्ष सिरोहियाले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका छन् । सो अवसरमा छोरा सम्भव र बुहारी श्रृंखलासहित उपस्थित भएका सिरोयिहा तथा कान्तिपुरका पत्रकारहरूले पनि पूर्वाग्रही कारबाहीविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।

यसअघि संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए । कान्तिपुरमा कांग्रेस सांसदहरुहरुको ओहोरदोहोर चलिरहेको छ । उता सिरोहियाले पक्राउ पुर्जीविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दैछन् ।


प्रतिक्रिया

2 thoughts on “कैलाश सिरोहियाको पक्षमा उभियो कांग्रेस, कान्तिपुरमा कांग्रेस सांसदहरूको ओहोरदोहोर (भिडिओ)

  1. यहि भ्रष्टाचारि लाई बोकि बोकि यहाँ सम्म आइपुगेको काङ्ग्रेस अझै यस्ता नक्कली नागरिकता लिने लाई साथ दिन्छ चोर फटाह हरु देश कंगाल भएको थाहा छैन?

  2. स्याललाई काल आए सहर पस्छ भने राजनीतिक र सामाजिक रूपमा सकिनका लागि मान्छेले सत्ताको दुरूपयोग गर्छ। अहिले प्रम प्रचण्ड र गृहमन्त्री रवी लामिछानेका गतिविधिहरूले ठ्याक्कै त्यस्तै संकेत गरेको छ। यसो भनेर नवउदारवादको नाईके नेपाली कांग्रेसले गरेको गैरसंसदीय राजनीतिको पक्षपोषण गरेको हैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर