कांग्रेसको नाराबाजीकै बीच राष्ट्रियसभाबाट पनि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित – Nepal Press

कांग्रेसको नाराबाजीकै बीच राष्ट्रियसभाबाट पनि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालन गरिएको छ ।

कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेकै अवस्थामा अध्यक्ष नारायण दाहालले बैठक अघि बढाएका हुन् ।

बैठकले प्रधानमन्त्रीले टेबुल गरेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेपछि जेठ ११ गते १ः१५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर