फ्रेन्च लिग वानमा नेपाली स्टार खेलाडी ‘साम्बा’को डेब्यु – Nepal Press

फ्रेन्च लिग वानमा नेपाली स्टार खेलाडी ‘साम्बा’को डेब्यु

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलकि स्टार खेलाडी सावित्रा भण्डारी “साम्बा” ले विश्वकै लोकप्रिय महिला लिगको रुपमा रहेको फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।

शुक्रबार मात्र लिग वानको क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेलको ७५ औँ मिनेटमा साम्बाले डेब्यु गर्दै नेपाली महिला÷पुरुष फुटबलर मध्य युरोपको ‘ए क्याटेगोरी’मा खेल्ने साम्बा पहिलो नेपाली फुटबलर समेत बनिन् ।

लगातार तीन खेल हारेर लिगको १० औँ स्थानमा रहेको एन अभान्ट ग्वेंगाम्पले साम्बा डेब्यु गरेको खेलमा भने विपक्षि बोर्डेसँग बराबरी खेल्यो । ग्वेंगाम्पले पहिलो हाफको ८ औँ मिनेटमा १–० को अग्रता लिएको थियो ।

ग्वेंगाम्पको तर्फबाट एस्टारोभाले गोल गर्दै टिमलाई अग्रता दिएकी थिईन् तर विपक्षी बोर्डेको तर्फबाट लौराले ३६ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो ।

खेलमा ९ अंकसहित साम्बाको टिम ग्वेंगाम्प १० औँ स्थानमा रहेको छ । भने ४२ अंक सहित लियोन पहिलो स्थानमा छ । पेरिस सेन्ट जर्मेन ३२ अंक सहित दोश्रो स्थानमा रहँदा पेरिस फुटबल क्लब २५ अंक सहित तेश्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *