जापानलाई हराउँदै इरान एसिया कप फुटबलको सेमिफाईनल प्रवेश – Nepal Press

जापानलाई हराउँदै इरान एसिया कप फुटबलको सेमिफाईनल प्रवेश

काठमाण्डौँ । एक गोलले पछि परेका अवस्थालाई उल्टाएर इरानले जापानलाई स्तब्ध पार्दै एसियन कप–२०२३ को सेमिफाईनलमा स्थान बनाएको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पुर्व एसियन कप विजेता जापान क्वाटरफाईनलबाटै घर फर्कनु परेको हो ।

दुई च्याम्पीयनबिचको खेलको सुरुवाती अग्रता जापानले लिएको थियो । जापानको लागि पहिलो हाफको २८ औं मिनेटमा हिदेमासा मोरिताको गोल गर्दै टिमलाई १–० को अवस्थामा लगेका थिए । प्रतियोगिताको दाबेदार मानिएको जापानले दोश्रो हाफमा भने स्तब्धपूर्ण नतिजा स्विकार गर्नु पर्यो ।

खेलको दोश्रो हाफको ५५ औँ मिनेटमा इरानका मोहम्मद मेहबीले गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याए । निकै रोमान्चक खेलको अन्तिम तिर अर्थात दोश्रो हाफको इन्ज्युरी समयको छैंठो मिनेटमा इरानले पाएको पेनाल्टीलाई एलिराजाले जाली चुमाएपछि जापान प्रतियोगिताबाट बाहिरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *