अरु क्षेत्रको कटौति गरेर भएपनि खेलकुदमा बजेट बढाउँछुः अर्थमन्त्री (भिडिओ) – Nepal Press

अरु क्षेत्रको कटौति गरेर भएपनि खेलकुदमा बजेट बढाउँछुः अर्थमन्त्री (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए।

उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताए । उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताए । उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताए ।

उनले भने, ‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरुलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरु विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ । आउने दिनमा पनि गर्दै जानेछौँ । नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सिमितता छ । माध धेरै छ, आवश्यकता धेरै छन् । अरु क्षेत्रको बजेट कम गरेर भएपनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।’

अर्थमन्त्री महतले सरकार मन्दीबाट बिस्तारै उठिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *